भोलि यानिकि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानी चावहिल स्थित गोपीकृष्णमा नचल्ने भएको छ । रामकहानी टिमले आफ्नो चलचित्र गोपीकृष्णमा नचलाउने घोषणा गरेको चलचित्रकी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले सिनेपाटीलाई जानकारी दिइन् । उनी भन्छिन् 'गोपीकृष्णको सबैभन्दा सानो हलमा हामीलाई दिइएको छ । जहाँ जम्माजम्मी १०० सिट मात्रै रहेको छ ।' पूूजा यसो भनिरहन्दा उनको बोलीमा केही आक्रोश पनि सुनिन्थ्यो । किनभने भोलीबाट नै गोपीकृष्णको ब्यानरबाट निर्माण भएको चलचित्र रोज प्रदर्शनमा आउदैछ । उक्त फिल्ममा अभिनेता प्रदिप खड्काको मुख्य रहेको छ । पछिल्लो केही समयबाट प्रदिप र पूजाको प्रतिस्प्रर्धा निकै हुने गरेको छ ।