चलचित्र ‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्बरको गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द र लोकराज अधिकारीको शब्द रहेको आउने जाने बोलको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ । 

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, कलाकार राजाराम पौडेल लगायतले नृत्य गरेका छन् । गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । रिजल्ट भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले बताए । 

सविर श्रेष्ठ निर्देशित बाँध मायाले को एउटा गीत, ट्रेलर र टिजर सार्वजनिक भैसकेका छन् । असोज ५ गते आउने प्रदर्शनमा आउने फिल्मले आफ्नो प्रचार प्रसारलाई सुरु गरिसकेको छ । 
रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी सह निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्माता केदार धिताल हुन् ।