पछिल्लो समय सिने नगरीमा बर्षा राउतको नाम चर्चित छ । चलचित्र ‘नाई न भन्नु ल ४’बाट डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै एक प्रकारको हाइप पाइन । म्युजिक भिडियोमा जम्दै आएकी बर्षालाई चलचित्रले अझ माथि उठायो । पहिलो चलचित्र हिट भएसंगै उनको लगातार दुई चलचित्रहरु प्रदर्शनमा आए , ‘छक्का पन्जा’ र ‘जात्रा’ । ‘छक्का पन्जा’ नेपाली सिनेमा बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र बन्दै रेकर्ड राख्यो भने जात्राले पनि ५१ दिनसम्म हलमा रहेर राम्रो व्यपार गर्यो । चर्चित कलाकारको साथमा सफल टिमसंग जोडिएकी बर्षाको अभिनयलाई दर्शकले धेरै रुचाए । पछिल्लो समय बर्षाको व्यस्तता बढ्दो छ ।
म्युजिक भिडियोमा नदेखिए पनि उनि एकपछि अर्को चलचित्रमा अनुबन्धित हुदै आइरहेकी छिन् । केहि समय अघि रामुबाबु गुरुङको निर्देशनमा बन्न लागेको ‘मिस्टर झोले’को सुटिङ सकाएकी राउत यतिबेला ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’को सुटिङमा व्यस्त छिन् । दिपाश्री निरौलाको निर्देशनमा बनिरहेको ‘छक्का पन्जा २’मा प्रियका कार्की, दिपकराज गिरी, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
पछिल्लो समय कलाकारहरु सामाजिक संजालमा सक्रिय छन् । बर्षाले पनि सामाजिक संजाल मार्फत आफ्नो केहि तस्बिरहरु सार्वजानिक गरेकी छिन् । उनको तस्बिर हेर्दा लाग्छ ‘छक्का पन्जा २’मा उनको भुमिका केहि फरक छ । तस्बिर संगै छक्का पन्जा २ मा उनको अभिनय कस्तो रहने हो त्यो हेर्न भने असोज ११ कुर्नै पर्नेछ ।