गत शुक्रवारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ एकसाथ प्रदर्शनमा आए । चलचित्र रिलिज मिति घोषणा भएदेखि रोज र रामकहानीलाई लिएर विवाद सुरु भएको थियो । अझ भनौ पछिल्लो समय युवापुस्ता माझ निकै लोभप्रिय रहेका प्रदीप खड्का र पूजा शर्माबिचको टकराब दर्शकको लागी प्रतिक्षति बनिरहेको थियो ।दुवैले चलचित्रले धमाकेधार व्यापार नगरेता पनि शुक्रवार र शनिवारको व्यावसायिक पाटोलाई खोतल्ने हो भने रोजी भन्दा रामकहानीको व्यापार केही माथि छ ।

चलचित्र रामकहानी निर्देशक सुदर्शन थापाले बताए अनुसार चलचित्रले शुक्रवार ३४ लाखको ओपनिङ गरेको छ । त्यस्तै शनिवार ६० लाख माथिको कलेक्सन गरेको उनले जानकारी दिए । शुक्रवार र शनिवार गरी चलचित्रले करिब ९५ लाख माथिको कलेक्सन गरेको निर्देशक थापाले जानकारी दिए । त्यस्तै चलचित्र रोजका वितरक गोविन्द शाहीका अनुसार रोजले शुक्रवार २४ लाखको ओपनिङ गरेको र शनिवार ४२ लाख कलेक्सन गरेको जानकारी दिए । रोजले शुक्रवार र शनिवार गरी दुई दिनमा करिब ६६ लाख माथिको कलेक्सन गरेको उनले बताए । दुवै चलचित्रको आइतबारको रिपोर्ट भने सार्वजनिक भएको छैन ।