यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ टिमले आयोजना गरेको क्विज प्रतियोगिता विजेता घोषणा गरेको छ । केही दिन अघि फेसबुक पेजमा सोधिएको प्रश्नहरूको सही जवाफ दिनेहरू मध्येबाट ६ जनालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिएको छ । आइतबार ‘बाँध मायाले’ एन्सर एन्ड विन कन्टेस्टका विजेताहरूमा अशेष न्यौपाने, उत्तम न्यौपाने, नारायण श्रेष्ठ, आरवी एम एक्स स्टुडेन्ट, अनिता पोखरेल र एकरा भट्टराईलाई पुरस्कार प्रदान गरिएको थियो । 
 

यो सँगै अब चलचित्रको पछिल्लो समय रिलिज ‘आउने जान’े गीतको कभर डान्स प्रतियोगितालाई अगाडी बनाउने निर्देशक सबिर श्रेष्ठले बताए । 
 

‘बाँध मायाले’को ६ विजेतालाई पुरस्कार वितरण 

उक्त गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद एक लाख पुरस्कार राशिको घोषणा गरिएको छ । प्रदर्शन मिति नजिकिएसँगै बाँध मायालेको प्रचार प्रसारलाई तीव्रता दिइएको छ । सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र बाँध मायाले मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । आर्यन र सृष्टिसँगै चलचित्रमा नव किशोर खड्का, कलाकार राजाराम पौडेल, विशाल चाम्लिङ, रविन्द्र प्रताप सेन लगायतको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, बाबु श्रेष्ठको छायाङ्कन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ । रामहरि धिताल र विभिषिक श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता केदार धिताल हुन् ।