बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘टोइलेट ः एक प्रेम कथा’को ट्रेलर सार्वजानिक भएको हो । स्वच्छ भारत अभियानमा आधारित रहेको चलचित्र टोइलेटमा शौचालय नहुदा महिलाले भोग्नु परेको दुख र त्यसले परिवारिक सम्बन्धमा परेको असरलाई देखाइएको छ ।
श्री नारायण सिंहको निर्देशनमा बनेको चलचित्रमा अक्षयको साथमा भुमि पेडेनकरको मुख्य भुमिका रहेको छ । यसै चलचित्रको प्रमोसनको लागी अक्षय यतिबेला समाजिक संजाल फेसबुकमा आफ्ना फ्यानहरुलाई म्यासेज पठाइरहेका छन् । अक्षयको अफिसल एकाउन्टमा म्यासेज पठाएमा उनी आफैले रिप्लाई दिइरहेका छन् ।