अभिनेता भुवन केसीसँग सम्बन्ध बिछेद भएसँगै एकलजिवन बिताइरहेकी अभिनेत्री सुस्मिता केसीले इन्गेजमेन्ट गरेकी छिन् । उनले केही दिन अघि इन्टाग्राममा एक तस्बिर पोस्ट गरेकी थिइन् । एक युवकसँग ओठमा चुम्बन गरिरहेको उक्त तस्बिरको क्याप्सनमा सुस्मिताले श्रीमान लेखेकी थिइन् । बुझिएअनुसार सुस्मिताले सेप्टेम्बर ९मा सिंगापुरमा उक्त अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् । किलन ग्यासमा धनाढ्य व्यापारी हुन् । सुस्मिता आउँदो भ्यालेन्टाइनमा किलनसँगै फिजीमा बिहे गर्दैछिन् । पारिवारिक सहमतिमा सुस्मिताले यो इन्जेगमेन्ट गरेको बुझिएको छ । जसमा सुस्मिताका छोरा नायक अनमोल केसीको पनि सहमति रहेको छ ।