भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने नेपाली चलचित्र 'कप्टी'को औपचारिक घोषणाको साथ साथै शुभ-मुहुर्त गरिएको छ । काठमाण्डौँमा शनिबार शुभ-मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।
भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र 'कप्टी'मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ। चलचित्रलाई मदन घिमिरेले खिच्दै छन् भने यता चलचित्रमा समाबेश गीतमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको अवाज रहेको छ ।
मौलिक नेपाली कथामा बन्ने सिनेमा कप्टीका निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा कप्टी आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।