आइतबार राजधानीको राष्ट्रिय सभागृहमा ‘एलजी सिने सर्कल अवार्ड २०७५’ सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आथित्यको साथै बलिउड सुपर स्टार गोविन्दाको विशेष उपस्थितिमा एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ निर्देशक किशोर रानालाई लाईफटाइम एचिभमेन्ट अवार्ड गरियो । 
 

त्यस्तै अभिनेता प्रदीप खड्काले पपुलर नायकको अवार्ड हात पारे भने अर्का अभिनेता पुष्प खड्काले चलचित्र मंगलमबाट क्रिटिक्स अवार्ड हात पारेका छन् । यता नायिका निता ढुङ्गानाले चलचित्र पञ्चायतबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा नायक नाजिर हुसेनले चलचित्र राज्जा रानीबाट उत्कृष्ट नायकको अवार्ड हात पारेका छन् । 
    अवार्ड विजेताहरूको सुचीहरू :

उत्कृष्ट,
पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
एक्टर अफ दि इयर: नाजिर हुसेन, राज्रा रानी
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
फिल्म अफ दि इयर:  तिमीसँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना