सुन्दर अनि शालीन हिरोइन् भित्र पर्छिन् नायिका सारा सिर्पाली । व्यावसायिक हिसाबले सफल चलचित्र दिन नसके पनि साराको अभिनयको निकै चर्चा हुने गर्छ । उनी अभिनीत नयाँ चलचित्र ‘सुश्री सम्पत्ती’ यही मङ्सिरमा रिलिज हुने तयारीमा रहेको छ ।
आइतबार काठमाडौँमा आयोजना भएको एलजी सिने सर्कल अवार्डमा सारा केही फरक देखिइन् । कालो कलरको गाउनमा उपस्थित भएकी सारा निकै हट देखिएकी थिइन् । आधा चिरेको उक्त पहिरन सायद साराले सोचेको भन्दा केही माथि सम्मै चिरिएको थियो ।
उनी कार्यक्रम स्थानमा प्रवेश गरेपछि मिडियाअघि केही तस्बिर खिचाइन् । तस्बिर खिचाइरहन्दा उनी आफैँ असहज महसुस गर्दै थिइन् । सोचेको भन्दा बढी चिरिएको भएर पनि होला साराले आफूले बोकेका पर्सको सहायताले केही पोज दिइन् । मिडिया सामु तस्बिर खिचिरहन्दा सारा घरी कपडा तानिरहेकी हुन्थिन् घरी पर्सको सहायता लिइरहेकी हुन्थिन् ।
तस्बिर :अन्नजान