सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ‘अनुराग यति बेला प्रमोसनमा क्रममा रहेको छ । यही आउँदा असोज १२ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र युनिट यति बेला चलचित्र प्रचार प्रसार तीव्र रूपमा गरिरहेको छ । प्रमोसनकै क्रममा चलचित्रकी नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डित राजधानीको विभिन्न कलेज पुगिरहेका छन् ।
आइतबार अनुराग टिम टिम जोरपाटी स्थित समता कलेज र कौशल टार स्थित जनप्रेमी कलेज पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरू उत्साहित भई घेरा हाल्दै अटो ग्राफ लिएका थिए भने नायक नायिका को साथमा फोटो खिच्न पनि भ्याएका थिए ।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतिकर्ता रहेको सिनेमामा, भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । अनुराग निर्देशक सत्यराज चौलागाईंको डेब्यु सिनेमा सो । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा अनुरागमा एक पृथक् साङ्गीतिक प्रेमकथा रहेको एलिजाबेथ गौतमले बताइन् ।
चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत, प्रवीण सिंह र विक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाङ्कन रहेको छ ।