चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । यही असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा नेपाल आइडलबाट चर्चा बटुलेका गायक प्रताप दासको आवाज रहेको छ ।गीतमा चलचित्रका नायक समुन्द्र पण्डित फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको सङ्गीत, सत्यराज चौलागाईको शब्द रहेको छ । भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् । 

सत्यराज चौलागाईको निर्देशन रहेको चलचित्र अनुरागलाई चर्चित सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेका हुन् । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव(नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । एरिका फिल्म्सको ब्यानरबाट निर्माण भएको साङ्गीतिक लभ स्टोरी अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाङ्कन रहेको छ ।