विश्वको प्रसिद्ध मानिएको अस्कर अवार्डमा नेपालको तर्फबाट ‘पञ्चायत’ छनोट भएको छ । ९१ औँ एकेडेमी अवार्ड ’द अस्कर अवार्ड’को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा नेपालबाट विदेशी भाषी चलचित्र छनोट समितिले ’पञ्चायत’ छनौट गरेको हो। नेपालको तर्फबाट अस्करमा सहभागी हुन् तीन चलचित्र ’तान्द्रो’, ’पञ्चायत’, तथा ’माई लभ प्रोमिश फर काठमाडौँ’ दर्ता भएका थिए । जसमा ‘पञ्चायत  छनोट भएको हो । यो चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजु बाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।