आजबाट रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा प्रदर्शनमा आएको छ । बिहिबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा यस चलचित्रको प्रिमियर आयोजना गरिएको थियो ।
तामझाम सहित आयोजना गरिएको रेड कार्पेटमा चलचित्रका टिमसहित दर्जन बढि कलाकारहरुको उपस्थिती रहेको थियो । चलचित्र हेर्न अभिनेता भूवन केसी, रमेश उप्रेती, अभिनेत्री झरना थापा, नम्रता श्रेष्ठ, बेनिषा हमाल, केकी अधिकारी, दिपाश्री निरौला, मनिष सुन्दर श्रेष्ठ, गायक स्वप्न सुमन, मोडल सबिता कार्की, बर्षा लेखी लगायतका सेलिब्रेटीहरु हल पुगेका थिए।
चलचित्र हेरेसके पश्चात निर्देशक रेनशा वान्तवा राईको कामलाई प्रसंसा गरेका थिए । यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुख ताम्राकार, सुनिशा बजगाईँ लगायतका कलाकारको अभिनय रहेको छ ।