’डाक्टर खाते’को शिर्षक गीत, ट्रेलर र पोस्टर सार्वजानिक भएको छ । सडक बालबालिकाको जीवनकथा माथी बनेको फिल्मको सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको प्रचारका लागि गीत, पोस्टर र ट्रेलर रिलिज गरिएको हो ।
रोशनी केसीको निर्माणमा बनेको फिल्मलाई रवि अर्यालले निर्देशन गरेका हुन्। फिल्म बारे बोल्दै निर्माता अभिनेत्री रोशनी केसीले भनिन्,’फिल्म मनोरञ्जन मात्र होइन सामाजिक दायित्व पनि हो भन्ने उदाहरण हो फिल्म डाक्टर खाते।’ फिल्मले सडक बालिकासँग सरोकार राख्ने निकाय र सरकारलाई जिम्मेवारीबोध गराउने दाबी गरिन्। साथै फिल्मले सहक बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताहरुको चित्रण गर्ने बताइन्।
चार वर्ष अघिदेखि फिल्म प्रदर्शनको हल्ला भएपनि निर्माण युनिट यतिन्जेल गुमनाम रहे।
हेर्नुस् फिल्मको ट्रेलर :