गायकद्धय यश कुमारको निर्देशन र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’को नयाँ गीत सार्वजनिक भएको छ । रुणा लामा र रुद्र गुरुङको स्वरमा रहेको कालजयी गीत ‘ए कान्छा मलाई’लाई रिमेक बनाएर चलचित्र छिरिङले सार्वजनिक गरेको छ । ए कान्छाको नयाँ भर्सनमा यश कुमार र सुनिता थेगिमको स्वर रहेको छ भने शब्द पासाङ बंगल्ब र यश कुमारको रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा नायक, गायक तथा यसै चलचित्रका निर्देशक यस कुमारस र कामना भुजेल फिचर छन् । भिडियोलाई भने कविराज गहतराजले फिचर गरेका हुन् । चलचित्र छिरिङमा यश कुमार, कामना र निमा रुम्बाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई आइवी दर्नाल, सुनिल माथेमा र नविन बुढाथोकीले मिलेर निर्माण गरेका हुन् । चलचित्र यही आउँदो साता असोज १२ गतेबाट प्रदर्शनमा आँउदैछ ।