नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ । तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् । रोडिजमा भइरहन्दा सुजनालाई बडि सेमिङको सिकार भइन् । त्यो समय उनको वजन १०१ किलो पुगेको थियो । ‘भिडियोहरूमा आफ्नो लागी कमेन्ट हेरेर मन दुख्थ्यो । अब त दुब्लाउनु पर्छ भन्ने सोच्थे तर सकिन् । ’ उनी भन्छिन् । कपडा पसल होस या सार्वजनिक ठाउँमा मोटोपनको कारण हेपाई खानु परेको तितो अनुृभव सुजना सुनाउँछिन् । कसरी तौल घटाउनु भयो? भन्ने प्रश्नमा सुजना भन्छिन् ‘एक दिन इन्टाग्राम हेर्दै थिए । त्यहाँ सबाना खातुनको पोस्ट देखे । त्यसपछि हौसल्ला मिल्यो । ’ मुस्लिम समुदायकी सबाना ११५ किलोवाट ८ महिनामा ६० किलोमा पुगेकी थिइन् । उनी पछिल्लो समय सुन्धारा स्थिति फिटनेस पार्कमा जिम ट्रेनरको रूपमा काम गरिरहेकी छिन् । उही सबानाको कारण आफ्नो वजन सुजना बताउँछिन् । ‘जब जिम जान मन लाग्दैन तब सबानाको फोटो हेर्छु । त्यसै ऊर्जा मिल्छ । ’ सुजना भन्छिन् । पुराना कुरा सम्झिँदै उनी भन्छिन् ‘अहिले आफूलाई एैनामा हेर्छु, सपना जस्तो लाग्छ ।’