नायक सुशील श्रेष्ठको मुख्य भूमिका रहेका चलचित्र ‘बादशाह जुट’को छायाङ्कन सकिएको छ । केही दिन एक गीतको छायाङ्कन गरिसँगै चलचित्रको सुटिङ सकिएको हो ।
उक्त छायाङ्कन भएको गीतमा अभिनेत्री प्रियङ्का कार्की र सुशीलको जोडी देख्न पाइने छ भन आमिर गौतम पनि गीतमा फिचर छन् । गीत ललितपुरको श्री काली चौरमा छायाङ्कन गरिएको थियो ।
जोनी सिंह राणाको निर्देशन रहेको चलचित्र बादशाह जुट आउँदो पौष ३१ गते रिलिज हुने तयारीमा रहेको छ । चलचित्रको छायाङ्कन करिब २ महिना गरिएका थियो । चलचित्रलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । दुई राजाको कथामा बनेको चलचित्रमा चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतको अभिनय रहेको छ ।
एच एन्ड बी फिल्मस् प्रालि र गोल्डेन ग्रेप्स फिल्मस्को ब्यानरका निर्माण भएको यो चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।
तस्बिर:- अन्जान