गत साताबाट सफलताको साथ प्रदर्शन भइरहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ अब विभिन्न देशहरूमा प्रदर्शन हुने भएका । नव–नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रले यति बेला नेपालमा राम्रो प्रतिक्रियासँगै कमाई लगरिरहेको छ । यो चलचित्रको विदेश यात्रा भने अस्ट्रेलियाबाट सुरु हुने छ । चलचित्र अक्टोबर १०, ११ र १२ तारिखमा अस्ट्रेलियामा लाग्नेछ । यस्तै अक्टोबर २१ मा कोरिया, अक्टोबर २९, ३०, ३१ युके, नोबेम्बर ३ पोल्याण्ड, नोभेम्बर ९ हङकङ र नोबेम्बर १५ डेनमार्कमा प्रदर्शन हुने तय भएको निर्माण टिमले जानकारी दिएको छ। आइकोर फिल्मसको प्रस्तुति रहेको चलचित्रलाई रेनशा बान्तवा राईले निर्देशन गरेकी छन्।