फुृलपातीमा रिलिज मिति तय गरेको चलचित्र ‘जय भोले’ टिम यति बेला प्रचार प्रसारमा तीव्रताको साथ लागि परेको छ। पछिल्लो समय चलचित्र मेकरहरु कलेजहरूलाई प्रमोसनको ठुलै अस्त्र मानिरहेका हुन्छन् । यति बेला जय भोले टिमले पनि यही अस्त्र अपनाएको हो ।
मङ्गलवार जय भोले युनिट चलचित्रका मुख्य दुई पात्र खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का लिएर राजधानीको विभिन्न कलेजहरू पुगेको थियो । खगेन्द्र र स्वस्तिमाको साथमा निर्देशक असोज शर्मा राजधानीका ५ बढी कलेजहरूमा जय भोलेको बारेमा जानकारी दिन पुगेका थिए ।
उनीहरू त्यहाँ विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उपहार समेत दिएका थिए । पहिलो पटक कलेज प्रमोसनमा हिँडेका अभिनेता खगेन्द्र्र लामिछाने विद्यार्थीबाट प्राप्त प्रतिक्रियाले दङ्ग देखिन्थे । भन्छन् ‘पहिलो पटक चलचित्र प्रमोसनको लागी कलेज कलेज पुगे । प्रत्यक्षरुपमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न पाउँदा रमाइलो हुने रहेछ । ’ त्यस्तै कलेज प्रमोसन टुरमा अभिनेत्री स्वस्तिमा खड्काको लोभलाग्दो क्रेज देखिएको थियो ।