अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बालविवाश विरुद्ध बनेको चलचित्र मालिका ट्रेलरमा जाजरकोटकी १४ वर्षीय कमला ओलीलाई दमदार रूपमा प्रस्तुत गरिएको छ । उनको जीवनमा घटेका उचारचढावलाई ट्रेलरलाई देखाइएको छ भने अभिनेत्री थापाले एक परिवर्तन कारी नारीको रूपमा प्रस्तुत गरिएको छ । कार्त्तिक १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नरबहादुर कार्की पनि निर्माताको रूपमा रहेका छन् । सरस्वती थापा कार्यकारी निर्माता रहेको चलचित्रको कथा अभिनेत्री थापा र नरबहादुर कार्की मिलेर लेखेका हुन् ।