केही समयअघि राजधानीमा एक विशेष कार्यक्रम गर्दै रङ्ग पत्रकार प्रकाश सुवेदीले एक चलचित्रको निर्माण घोषणा गरे । आफ्नै निर्देशनमा बनाउन लागेको उक्त चलचित्रमा नायिकाको रूपमा वर्षा राउत फाइनल भइसकेकी छिन् । यति बेला चलचित्रमा अभिनेता दयाहाङ राई फाइनल भएको समाचार बाहिरिएको छ । बुझिएन अनुसार चलचित्र निर्माण टिम र दयाहाङ बिच लिखित सम्झौता भइसकेको छ । यस हिसाबले प्रकाशको ‘बकम्फुसे राजा’नामक चलचित्रमा दयाहाङ र वर्षा राउतको जोडी फाइनल भएको हो । त्यस्तै प्राप्त जानकारी अनुसार यस चलचित्रको लागी दयाहाङले १७ लाख पारिश्रमिक लिएको बुझिएको छ । यस अघि यो चलचित्रका लागी अर्का अभिनेता खगेन्द्र लामिछानेलाई अफर गरिएको थियो । तर खगेन्दले चलचित्रको भूमिकामा आफूले काम गर्न नसक्ने भन्दै छोडेका थिए । यति बेला खगेन्द्रको स्थानमा दयाहाङ तय भएका हुन् ।