चलचित्र रामकहानीबाट नायक आकाश श्रेष्ठको चर्चा चुलिएको छ । उनी पछिल्लो समय व्यस्त नायक भित्र पर्छन् । यति बेला आकाश नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ । गत वर्षको हिट चलचित्र ‘वीर विक्रम २’मा आकाश अनुबन्धित भएको खबर बाहिरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्ने लागेको यो चलचित्र केही समय अघि नै औपचारिक घोषणा भइसकेको थियो । चलचित्रमा नायिकाको रूपमा वर्षा सिवाकोटी फाइनल भइसकेकी छिन् । साथै वीर विक्रमका अभिनेताद्धय दयाहाङ राई र नाजिर हुसेन यसअघि तय भइसकेका छन् । यी कलाकार बाहेक आकाश वीर विक्रम २का लागी नयाँ हुन् । यसबारे निर्देशक मिलन चाम्ससँग बुझ्न खोज्दा उनी भन्छन् ‘कुरा भएको हो । तर फाइनल अझै भइसकेको छैन । सम्भावना धेरै छ । ’ त्यस्तै चाम्सले दिएको जानकारी अनुसार वीर विक्रम २को छायाङ्कन तिहार लगत्तै सुरु हुने छ । यसअघि उनले मिडियामा नायक अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरेका थिए । तर अनमोलको ए मेरो हजुर ३ को छायाङ्कनको कारण ढिलो हुने भएकोले वीर विक्रम २को छायाङ्कन पहिले हुने छ। उनका अनुसार वीर विक्रमको छायाङ्कन पश्चात् अनमोलसँग ब्याचलर बन्टीको छायाङ्कन सुरु हुने छ ।