नेपाल आइडल प्रथम संस्करणको सफलता पछि यति बेला नेपाल आइडल–२ को चर्चा चुलिएको छ । थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु छन् । गला राउण्डसँगै नेपाल आइडलमा दर्शकको भोटिङको पनि सुरु भइसकेको छ। नेपाल आइडल २को हेटौडा अडिसनबाट गोल्डेन माइक पाएका मीनराज पौडेललाई यति बेला डर छ । यसअघि मीनराजको गोेल्डेन माइकको पावर थियो भने अब त्यो पावर सकिएको छ ।

भन्छन् ‘गोल्डेन माइक पाएपछि धेरैको अपेक्षा हुने रहेछ । दर्शकको अपेक्षा पुरा गर्नको अझ मेहनत गर्दैछु । ’ त्यस्तै झापाकी अस्मिता अधिकारी नेपाल आइडल सिजन २मा टप १२ सम्म पुग्न पाउँदा भाग्यमानी भएका सुनाउँछिन् । यता कृसल कँडेल धादिङका हुन् । कक्षा ११ मा पढने कृशल नेपाल आइडल २ बाट धेरै कुरा सिक्न पाइएको बताउँछन् । ‘घर जस्तै लाग्छ यहाँ । साथीभाइहरूले माया गर्नु हुन्छ । २ महिना हुन लाग्यो घरबाट टाढा भएको । आमाबुबाको याद आउँछ । ’