अभिनेता जीवन लुइँटेल र अभिनेत्री सञ्चिता लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘राधा’को सिक्वेल बन्ने भएको छ । अब बन्ने राधा २ मा भने रियल लाइफ कपल अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशी तय भएका छन् । हालसालै इन्गेजमेन्ट गरेका यी जोडी पछिल्लो समय विभिन्न म्युजिक भिडियो, चलचित्रहरूमा व्यस्त छन् । यस चलचित्रमा अभिनेत्री कार्कीले केही समयअघि नै साइन गरिसकेकी थिइन् । कात्तिकको पहिलो साताबाट छायाङ्कनमा जाने चलचित्रलाई योगेश घिमिरेले निर्देशन गर्दैंछन् । चलचित्रमा प्रियङ्का र आयुष्मान बाहेक अन्य एक नव–नायकको पनि मुख्य भूमिका रहने छ । निर्माण पक्षको अनुसार केही दिन भित्रै चलचित्रको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिदैछ ।