बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित चलचित्र ‘देवदास’ अब थ्रीडीमा प्रदर्शन हुने भएको छ । १५ बर्ष अगाडी  चलचित्र ‘देवदास’ प्रदर्शन आएको थियो । सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको ‘देवदास’लाई थ्रीडिमा प्रदर्शन गर्दा चलचित्रको दृश्यहरु र फ्रेमहरु कलात्मक देखिने निर्देशकले बताए ।

भन्सालीको अनुसार चलचित्र अन्तराष्ट्रिय बजारमा प्रदर्शन गरिने छ । यसै चलचित्रबाट शाहखान, ऐश्वर्या र माधुरीको करियर माथि लागेको थियो ।