कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरूलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडी बढाएको छ । यसमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन् ।

संचिता लुईँटेलकाे 'गुनगुन' पोस्टर रिलिज 

प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नवीन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भीम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाङ्कन रहेको छ । प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन् ।