एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच बर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे । तर बिचमा उनि नेपाली सिने नगरीबाट टाढा भए । उनि नेपाली चलचित्र भन्दा बढि भोजपुरी चलचित्रमा ब्यस्त भए । एक पछि अर्को गर्दै सफल भोजपुरि चलचित्र दिएका बिराज यतिबेला त्यहाँका एक परिचित अभिनेताको रुपमा चर्चित भइसकेका छन् ।

भोजपुरी चलचित्रमा रमाइरहेका बिराज गएको बर्ष चलचित्र 'जय परशुराम' बाट नेपाली रजतपटमा फर्किएका थिए । एक प्रकारको स्टारडम भएका अभिनेता बिराजको उक्त चलचित्रलाई भने उनको स्टारडमले साथ दिएन । रोज राणा निर्मित 'जय परशुराम' बक्स अफिसमा भने राम राम नै भयो । चलचित्र सफल नभएपनि बिराजले अर्को नेपाली चलचित्र मार्फत पुन फर्किन तयार रहेको जनाएका छन्।

आइतबार राजधानीमा आयोजीत एक कार्यक्रममा बिराज झुल्किएका थिए ।उनले चलचित्र 'हर्के राजा' बन्न लागेको र यतिबेला कथा तयार भइरहेको बताए । चलचित्रमा भट्टको अनुसार मोडल दिपक घिमिरे र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा हुने बताएका छ् । चलचित्रको कुरा भइरहेको छ तर फाइनल नभइसकेको अध्यक्ष सापकोटाले बताए ।