बलिउडमा क्युट कपलको रूपमा चर्चामा रहेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ३ वर्षको लामो प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । बलिउड मिडिया अनुसार मतभेद बढेपछि उनीहरू औपचारिकरुपमा छुटिएका हुन् । बलिउड मिडिया अनुसार दिशाको बानीव्यहोरा देखि टाइगर आजित भइसकेका थिए । दिशा टाइगरको मोबाइल चेक गर्ने देखि चलचित्रमा किस सिन नदिन समेत प्रतिबद्धता गराएकी थिइन् । सोही कारण यी दुई बिच मतभेद बढेको थियो। टाइगर र दिशाले पहिलो पटक एकसाथ ‘बाघी २’मा काम गरेका थिए । जुनै निकै सफल भएको थियो ।