अभिनेता अनमोल केसीको चलचित्र प्राय रिलिज मितिको कारण चर्चामा आइरहन्छ । यस अघि कृ ले आफ्नो रिलिज मिति धेरै पटक पोसपोण्ड गरेर माघमा रिलिज भएको थियो भने अब नयाँ चलचित्र क्याप्टेन फागुनमा रिलिज हुने भएको छ । लगातार रिलिज मिति सारेको यो चलचित्रले निर्माण टिमले अब फागुन १७ गते रिलिज गर्ने घोषणा गरेको छ । चलचित्र टिमले महाशिवरात्रीको अवसर पारेर चलचित्र प्रदर्शन गर्न लागेको हो ।
चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल एक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । यो चलचित्रमा अनमोलसँग दुई नव–नायिका उपासना सिंह ठकुरी र प्रियङ्का एमभीले डेव्यु गर्दैछन् । चलचित्रमा यी तीन कलाकार बाहेक सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ ।