अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्कीको जोडी दर्शकले रुचाएको जोडी भित्र पर्छन् । यी दुई जोडी पुन एक पटक साथमा देखिने भएका छन् । निर्देशक विकासराज आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रमा प्रियङ्का र आर्यनको जोडी फाइनल भएको हो । बुझिए अनुसार यस चलचित्रको लागी आर्यनले मंहगो पारिश्रमिक लिएका छन् । आर्यनले १०  लाख बढी पारिश्रमिक लिएर चलचित्र साइन गरेको बुझिएको छ । त्यस्तै आर्यन र प्रियंकासँगै चलचित्रमा अर्की नायिका स्वस्तिमा खड्का फाइनल भइसकेकी छिन् । यता नायक सलोन बस्नेत पनि चलचित्रको लागी फाइनल भइसकेको बुझिएको छ ।