चलचित्र कलाकार सङ्घका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । ५८ वर्षको उमेरमा बोगटीको आज बिहान निधन भएको हो । आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उनको निधन भएको हो । बोगटी आज बिहान घरबाट निस्किने क्रममा घर नजिक रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विविपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको बिजुलीको पोलमा रुख ढल्यो ।रुखलाई बिजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो । बोगटीको उपचारका लागि बीएन्डबी अस्पतालमा ल्याउँदै गर्दा निधन भएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् ।