सुपर हिट सिरिजको रूपमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ भोलि अर्थात् घटस्थापनाको दिनबाट रिलिज हुदैँछ । चलचित्रले यति बेला काठमाडौँ भित्रको मल्टिप्लेक्समा सर्वाधिक सो पाएको छ । सर्वाधिक शो सँगै बुकिङ खुलेको २४ घण्टा नबित्दै अधिकांश सो बुकिङ भइसकेको छ । छक्का पन्जा ३ ले मल्टीप्लेक्स अन्तर्गत क्युएफएक्समा ३० शोज पाएको छ। चलचित्रले लाभिम मलमा ८ वटा शोज, सिभिल मलमा ७ शोज, छाया हलमा ७ शोज, कुमारी हलमा ५ शोज र जय नेपाल हलमा ३ शोज पाएको छ । जुन नेपाली चलचित्रको लागी अहिले सम्मको सर्वाधिक सो हो ।
त्यस्तै मल्टिप्लेक्स अन्तर्गत बिग मुभिजमा चलचित्रले १०, क्युज सिनेमाले चलचित्रलाई ११ शोज दिएको छ। त्यस्तै विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज,र एफक्यूबले ११ शोज दिएको छ।
दिपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरि, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, सन्जोग कोइराला, प्रियङ्का कार्की लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको अग्रिम बुकिंग पनि आक्रामक देखिएको छ. चलचित्र घटस्थापनाको दिन असोज २४ गते बुधवारबाट रिलिज हुँदैछ।