घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दीपक सिलवालले अगाडी सुत्केरीको व्यथाले छटपटाइ रहेकी महिलालाई सहयोग गरे । बच्चालाई जन्मदिन नसकेर पिडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्तमाया तमाङ्गलाई दीपकले हेलिकप्टर चार्टड गरेर नै उपचार गराए । यस कार्यमा उनलाई डाक्टर भोला रिजालले मेडिकलमा सहयोग गरे । झन्डै ९ महिना अगाडी गरेको यसकार्यपछि उनले त्यहिँ ठाउकी सिता जोगीलाई पनि त्यसरी नै सहयोग गरे । त्यसपछि उनले यसलाई एउटा अभियान बनाएर नै सहयोग गर्ने सोच बनाए । उनको यसअभियानमा डाक्टर भोला रिजाल , पुर्व सेनापति रुकमाङ्गद कटवाल , अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला , सञ्चारकर्मी नरेश भट्टाराईले सघाईरहेका छन् । झन्डै एक वर्षसम्मको दौडधुपपछि उनलाई यसकार्यमा सिम्रिक एअरले सघाउने भएको छ । लुक्ला , पोखरा र काठमान्डौमा रहेका हेलिकप्टरले सहुलियतमा यसकार्यको लागि सहयोग गर्ने भएको छ । दीपकले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सहयोगीलाई धन्यवाद दिदै अभियानसँग जोडिएकालाई सार्वजनिक पनि गरेका छन् । उनलाई मेडिकल सहयोग भने डाक्टर भोला रिजालले गर्ने भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा डाक्टर रिजालले पनि यसको घोषणा गरे । यसैगरी कार्यक्रममै अभिनेत्री दीपाश्री निरौलाले आफ्नो फिल्म ’छक्का पन्जा ३’ को तर्फबाट एक लाख ६ हजार नगद सहयोग गरिन् । यसैगरी पाथिभरा सहकारी संस्था लिमिटेडको तर्फबाट लायुर लामाले नगद रु एक लाख पाँच हजार पाँच सय पचपन्न सहयोग गरे । आफ्नो अभियानमा सहयोगी पाएर उर्जा मिलेको बताउने दीपक यसै अभियान सफलताको लागि एक साता साता ब्रत पनि बस्दैछन् । उनले दुर्गममा रहेका र सुत्केरी हुन् नसकेर उपचार नपाएका महिलालाई सघाउने बताएका छन् ।