चलचित्र ‘न यता न उता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चोलीको तुना’ बोलको सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू ऋचा शर्मा, छुल्टिम गुरुङ, समिर दीक्षित, मिराज रोश फिचरिङ छन् । गीतमा मिलन जलन र राजन इशानको सङ्गीत रहेको छ भने एकनारायण भण्डारीको शब्द, राजन इशान र मिलन अमात्यको स्वर रहेको छ । भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । यो चलचित्र न यता न उतालाई मिराज रोश र बिशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा, छुल्ठिम, समिर र मिराजको अलावा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।