नायक अनमोल केसी र नव–नायिका सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको पोस्टरसँगै छायाङ्कन पनि सुरु भएको जानकारी दिएको छ । चैत्त २९ गते रिलिज मिति तय गरिएको चलचित्रको पहिलो पोस्टरमा अनमोल फरक अवतारमा देखिएका छन् । गितार बोकेका अनमोलको साथमा सुहाना इनोसेन्ट देखिएकी छिन् ।

‘ए मेरो हजुर ३’लाई अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन् । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत र अर्पण थापा लगायतका कलाकारको अभिनय रहने छ । म्युजिकल लभस्टोरीमा बन्न लागेको चलचित्रको यतिबेला सुटिङ भइरहेको छ । अनमोलको यो वर्ष ए मेरो हजुर ३ र क्याप्टेन रिलिज हुदैँछ । अभिनेता भुवन केसीको अनुसार क्याप्टेन फागुन १७ गते रिलिजको तयारीमा रहेको छ ।