विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।
अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् ।
विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च शिक्षाको लागी १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् । त्यस्तै पहिलो रनरअप भुमिका आचार्य र दोस्रो रनरअप सुजना ढकाल भए । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार रुपैयाँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रवृद्धि तथा ट्रफी र प्रमाणपत्र हात पारेका थिए । त्यस्तै तेश्रो रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।
’मिस सी चितवन’को लागी बर्ष २०७३ मा सी (एसएलसी) परिक्षा दिएका ३ सय बढि छात्राहरुले सहभागीता जनाएका थिए । फाईनल प्रतिस्पर्धामा अभिनेता क्याप्टेन विजय लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने अन्य विभिन्न संघ संस्थाका प्रतिष्ठित व्याक्तिहरुको पनि सहभागिता थियो ।