मनसुन फिल्म्सको ब्यानरमा फिल्म ‘गुप्त’ तयार भएको छ । सम्पूर्ण छायाङ्कन पूर्वी नेपालको मोरङमा गरिएको फिल्मको हालै छायाङ्कन सकिएसँगै यति बेला पोस्ट प्रोडक्सनको काम चलिरहेको निर्माण टिमले बताएको छ ।

बलिउड कलाकारसहित यसरी हुदैँछ ‘गुप्त’को सुटिङ

‘सस्पेन्स हरर थ्रिलर’ जनरामा तयार भएको फिल्ममा प्रायः कलाकार नयाँ अनुहार रहँदा बलिउड कलाकार नाफे खान मुख्य अभिनयमा छन् । उनिसँगै सुषमा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अंशु थापा, निभा अधिकारी र विश्वराज ढकाल लिड अभिनयमा छन् ।

बलिउड कलाकारसहित यसरी हुदैँछ ‘गुप्त’को सुटिङ

दीपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको निर्माणमा बनेको फिल्मलाई राज रोयले निर्देशन गरेका छन् । फिल्मको कथा पनि रोयको नै हो । अमित धरेवाल सह निर्माता रहेको फिल्मको कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल हुन् । निर्माण संयोजन अमर सापकोटाले गरेका छन् ।
आगामी मङ्सिर अन्तिम सातालाई संभावित प्रदर्शन समय तोकिएको ‘गुप्त’ले पछिल्लो पुस्ताको युवा पिँढीको यथार्थपरक कथा पेस गर्ने निर्माता दीपेन्द्रले बताए । फिल्ममा सजन शाहको सङ्गीत छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेको छ । रण धीर श्रेष्ठले क्यामेरा चलाएका छन् ।