गायक अशोक सिवाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ए कान्छी’ बोलको म्युजिक भिडियो हालै हाइलाइट्स् नेपालको यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द गायक अशोक सिवा र विशाल खतिवडाले कोरेका हुन् l
प्रदीप कुमार चौधरीको निर्देशन रहेको गीतलाई सन्जीभ बरालीले एरेन्ज गरेका हुन् l नाटक निर्देशन र अभिनयमा सक्रिय चौधरीको ‘ए कान्छी’ पहिलो निर्देशन गीत हो l हरि हुमागाइको छायाङ्कन रहेको भिडियोलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् l भिडियोमा अभिनेत्री सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदीप रावल, गोकुल पोखरेल, विकास लामा लगायतको अभिनय रहेको छ ।