भोली यानिकि फुलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय भोले’को बुकिङ खल्ला भएको छ । असोज ३० गते फुलपातीको अवसर पारेर रिलिज हुन लागेको चलचित्रको आइतबार बुकिङ खुल्ला गरिएको थियो । यो चलचित्रले मल्टिप्लेक्स अन्तरर्गत क्युएफएक्स चेनमा कुल २४ शो पाएको छ । त्यस्तै सिडिसी सिनेमामा ६ शो, एफक्युबमा ७ शो र क्युज सिनेमामा ६ शो पाएको छ ।
यो चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । अशोक शर्माको १२ बर्ष पछिको यो कमब्याक चलचित्र हो । मल्टिस्टारर यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाएसँगै निर्माण पक्ष चलचित्रलाई दर्शकले मनपराइदिनेमा आशावादी देखिन्छन् ।