आज फुलपातीको दिन, आजबाट नेपाली चलचित्र जय भोले प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको मल्टिस्टारर चलचित्र जय भोलेले मल्टिप्लेक्समा उच्च सो पाएको छ । चलचित्रले क्युएफएक्स चेनमा कुल २४ शो पाएको छ । त्यस्तै सिडिसी सिनेमामा ६ शो, एफक्युबमा ७ शो र क्युज सिनेमामा ६ शो पाएको छ ।
चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाएसँगै निर्माण पक्ष चलचित्रलाई दर्शकले मनपराइदिनेमा आशावादी देखिन्छन् ।