चलचित्रको चर्चा रहोस् भनेर सिनेमा मेकरहरु हरेक पटक केही फरक फण्डा अपनाउने गर्दछन् । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काको टेम्पो ड्राइभरको भूमिका रहेको ‘बुलबुल’ले चलचित्रको गीत रिलिज गर्न फरक शैली अपनाउने भएको छ । चलचित्रको पहिलो गीत रिरलिज गर्न निर्माण टिमले फ्ल्यास मोब शैली अपनाउने भएको हो । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न चाल्छन् । निर्माण पक्षको अनुसार पाँच सहरमा एकै पटक चलचित्रको गीत रिलिज हुने भएको छ ।

‘खुद्राखुद्री’ बोलको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौँ मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् । निर्माण टिमले जानकारी गराए अनुसार चलचित्रको गीत काठमाडौँ बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौँको काठमाडौँ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरूसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत  एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।  
भक्तपुरको हेलमेट डाँडामा पच्चिस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । 
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए ।  ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । 

पाँच सहरमा कलाकार नाँचेर ‘बुलबुल’को गीत रिलिज गरिने 

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने  स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।  चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।