यही दसैँको घटस्थापनामा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले नेपाली चलचित्र इतिहासमा छोटो समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्र बनेको छ । यो चलचित्रले यसअघि सर्वाधिक कमाउने चलचित्र ‘छक्का पन्जा’को रेकर्ड ब्रेक गरेको हो । चलचित्र छक्का पन्जाले १२८ दिनमा १६ करोड ग्रस कलेक्सन गरेका थियो भने छक्का पन्जा ३ले १७ दिनमा १६ करोड कलेक्सन गरेका निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपकराथज गिरी र निर्देशक दिपाश्री निरौलाले फेसबुकमा स्टाटस लेख्दै यो कुराको पुष्टि गरेका हुन् ।
यी दुईले फेसबुकमा छक्का पन्जाले १२८ दिनमा प्राप्त गरेको सफलता छक्का पन्जा ३ले १७ दिनमा उपलब्धि हासिल गरेको भन्दै लेखेका छन् । त्यस्तै छक्का पन्जा २ले १४ करोड कमाएको थियो । यसरी हेर्दा नेपालमा सर्वाधिक कमाई गर्ने चलचित्रको टप तिनमा ‘छक्का पन्जा ३’, छक्का पन्जा र छक्का पन्जा २ पर्ने जान्छ ।