हलिउड हुँदै बलिउडमा पछिल्लो समय यता ‘मि टु’ अभियानले निकै चर्चा पाइरहेको छ । बलिउड अभिनेत्री तनुश्री दत्तले वरिष्ठ कलाकार नाना पाटेकरलाई यौन दुर्रव्यवाहरको आरोप लगाएसँगै चलेको मि टु अभियानले यति बेला बलिउडमा तहल्का मच्चाएको छ । यसमा बलिउडमा थुपै हस्तीहरू मुसिएका छन् । बलिउडको मि टु प्रभाव यति बेला भने नेपाली सिने नगरीमा परिरहेको छ । केही अभिनेत्रीहरू मि टु अभियान सुरु गर्न लागिपरेका छन् । तर खुलेर भने सकिरहेका छैनन् । केही दिन अघि अभिनेत्री बेनिशा हमालले एक अन्तरवार्तामा ८ वर्ष अघि आफू माथि यौन हिंसा भएको बताएकी थिइन् । बेनिशाले अन्तरवार्तामा आफूलाई करियरको सुरुवाती दिनमा फोटो सुट गर्न एक बैङ्कमा बोलाएको र सोही बैङ्कको सिइओले नगरकोट जाने प्रस्ताव गरेको बताएकी छिन् । त्यस्तै उनले उक्त अप्रोज गर्ने व्यक्तिलाई गालामा थप्पड हान्दै फोटो डिलिट गर्न लगाएको बताएकी छिन् । तर उनले बैङ्कको नाम र सिइओको नाम भने बिर्सिएको बताउँछिन् । बेनिशाले आफू माथि यौन हिंसा भएता पनि त्यसलाई खुलेर नभनेको कारण यति बेला उनी माथि धेरैले विभिन्न आरोप लगाइरहेका छन् । किनभने बलिउडमा तनुश्री दत्ता लगायतका अभिनेत्री तथा मोडलहरूले यौन हिंसा गर्नेको नाम खुलेर लिइरहेका छन् । यता बेनिशालाई ८ वर्ष अघिको यौन हिंसा याद हुने तर ह्यारसमेन्ट गर्ने व्यक्तिको नाम बिर्सिएको भन्दा धेरैले उनलाई मि टु अभियानमा लागेको चर्चामा आउन खोजिएको आरोप लगाएका छन् ।