नेपालमा सफलताको साथ प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ यति बेला विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ । केही साता अघि अस्ट्रेलियामा सफलताको साथ प्रदर्शन भएको चलचित्र हाल कोरियामा प्रदर्शन भइरहेको छ । चलचित्रकी निर्देशक रेनशा बान्तवा राईले दिएको जानकारी अनुसार कोरियामा पहिलो सो राम्रो भएको बताइन् । दर्शकको उत्साहजनक उपस्थिति रहेको पहिलो सोसँगै अझै तीन सो कोरियामा हुने उनी बताउँछिन् । यो चलचित्रमा नव–नायक धिरज मगरले डेव्यु गरेका हुन् । चलचित्रमा धिरज र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । पर्दामा धिरज र साम्राज्ञीको जोडीलाई दर्शकले रुचाएका छन् ।