यही शुक्रवार यानिकि कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’मा समावेश भएको ‘गोजीमा दाम छैन’ बोलको गीतले निकै चर्चा पाइरहेको छ । लोक लयमा आधारित रहेको यो गीतलाई युट्युबमा करिब २ महिनामा एक करोड पचास लाख बढीले हेरिसकेका छन् । मङ्गलवार चङ्गा चेट युनिटले गीतले पाएको सफलता केक काटेर सेलिब्रेसन गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले गीतको सफलतामा केक काटेको हो । त्यस्तै निर्मातद्वय शर्मिला पाण्डे र माधव वाग्लेले सङ्गीतकार राजनराज सिवाकोटीलाई पचास हजारको चेक हस्तान्तरण गरेका छन् । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने सङ्गीतकार सिवाकोटीले बताए । गोजीमा दाम छैन बोलको गीतलाई साढे दुई महिनामा युटुवमा एक करोड त्रिपन्न लाख भन्दा बढीले हेरेका छन् 
गीतमा मेलिना राई राजनराज शिवाकोटी र बाल गायक ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रविन्द्र झा र सुरक्षा पन्तको मुख्य भूमिका छ । यो बाहेक चलचित्रमा अन्य धेरै कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र के खानलले निर्देशन गरेका छन् ।