‘छक्का पञ्जा ३’ अभिनेत्री दीपिका प्रसाईँले केही दिन अघि फेसबुक मार्फत आफ्नो निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट भएको जानकारी दिएकी थिइन् । ४ वर्ष लामो प्रेम सम्बन्ध कोर्ट म्यारिज हुँदै इन्गेजमेन्टमा परिणत भएको यी दुईले फेसबुक मार्फत जानकारी दिएकी थिइन । दिवाकर र दीपिकाले आफ्नो प्रेम सम्बन्ध लामो समयसम्म स्वीकार गरेका थिएनन् । मिडियामा यी दुईको प्रेम सम्बन्धबारे समाचार बनेपछि दुवैले मिडियालाई गाली गर्दै आफूहरू प्रेममा नरहेको खण्डन गरेका थिए । तर केही दिन अघि इन्गेजमेन्ट गरी यी दुई थाइल्याण्ड उडेका थिए । नेपालमा रहन्दा आफ्नो प्रेम स्वीकार गर्न नसकेका दीपिका र दिवाकरलाई थाइल्याण्डमा भने कसैले रोक्न सकेन । दीपिकाले थाइल्याण्डको एक तस्बिर सेयर गरेकी छिन् । जसमा यी दुईले एक अर्कालाई चुम्बन गरेका छन् ।