आज शुक्रवार नेपाली सिनेमा घरमा तीन नेपाली चलचित्रहरू रिलिज भएका छन् । जसमा तीन भिन्न जनराको ‘चङ्गा चेट, मालिका, बियोन्द द क्लाउड्स’ रहेका छन् । चलचित्र ‘चङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यस अघि पशुपति प्रसाद, चपली हाइट जस्ता फरक जनराको चलचित्रहरू बनाइसकेका दिपेन्द्रले पहिलो पटक हास्य जनरामा चलचित्र निर्देशन गरेका हुन् । यो चलचित्रमा कार्की, आयुष्मान देशराज जोशी श्रेष्ठ, परमिता राज्य लक्ष्मी राणा, सुरक्षा पन्त, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समावेश रहेको ‘गोजीमा दाम छैन’ बोलको गीतलाई दर्शकले निकै रुचाएका छन् ।
आजबाट नै अभिनेत्री रेखा थापाको निर्माण, अभिनय र निर्देशन रहेको चलचित्र ‘मालिका’ रिलिज भएको छ । चलचित्रलाई नर बहादुर कार्कीले लेखेका हुन् । बाल विवाह र महिला सशक्तिकरणको बिषयमा बनेको चलचित्रमा रेखा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।
त्यस्तै आजबाट अर्को नेपाली चलचित्र ‘बियोन्द द क्लाउड्स’ पनि रिलिज भएको छ । अस्कर अवार्डमा मनोनित नेपाली चलचित्र ‘क्याराभान’का निर्देशक एरिक भ्यालीले बनाएको यो चलचित्रले नेपालमा गएको महाभुकम्मले हिमाली भेगमा परेको असर र त्यहाँ बसोबास गर्नेहरुले गरेको संर्घष बोल्दछ ।