चलचित्र ‘बिर बिक्रम २’मा एकसाथ देखिँदै छन् नायकद्धय आकाश श्रेष्ठ, नाजिर हुसेन र नायिका बर्षा सिवाकोटी । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै चलचित्रको भव्य रूपमा घोषणा गरिएको थियो । २०७३ सालमा रिलिज भएको बिर विक्रमको सफलता पनि यसका निर्देशक तथा निर्माता मिलन चाम्सले बिर बिक्रम २ घोषणा गरेका हुन् । अघिल्लो चलचित्रमा अभिनेताद्धय दयाहाङ राई, अनुप बिक्रम शाही र अभिनेत्री दिया पुनको मुख्य भूमिका रहेको थियो । तर यस पटक भने यी कलाकार रहने छैनन् । नाजिर हुसेन बिर बिक्रममा थिए भने आकाश र बर्षा यसपटकका लागी नयाँ हुन् । बिहीबार तीन कलाकार आकाश, बर्षा र नाजिरबिचको मित्रता देखिएको थियो । चलचित्र घोषणा अगावै यी तीन कलाकार सामाजिक सञ्जालमा एकअर्काको तस्बिर सेयर गरेका बसेका थिए । बिहीबार मात्रै बर्षा र नाजिर आमने सामुन्ने भएका थिए । अन्तरवार्ताको क्रममा यी दुईले आफूहरू पहिलो पटक नै भेटेको बताए ।
हेर्नुस् आकाश, बर्षा र नाजिरसँग गरिएको कुराकानी :