बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ट्युबलाइट’ प्रदर्शनको क्रममा रहेको छ । चलचित्रको प्रमोसनमा व्यस्त अभिनेता सलमान खानले सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ चलचित्रबाट बलिउडमा डेव्युु गरेका थिए । छोटो भुमिकामा देखिएका सलमानको करियर भने चलचित्र ‘मैने प्यार किया’बाट उकालो लागेको हो । यसै चलचित्रबाट रातारात हिट बनेका सलमानलाई स्टार बनाउने नायक हुन–फराज खान ।
चलचित्र ‘मैने प्यार किया’को लागी सुरुमा फराज खानलाई अफर गरिएको थियो । कयौँ अडिसनबाट छानिएका फराजले प्रेम भुमिकाको लागी साइन समेत गरेका थिए । तर, सुटिङ सुरु हुने बेला उनी बिरामी परे । पछि चलचित्रका निर्देशकलाई कसैले सलमान खानको नाम सुझाए पछि सलमान चलचित्रमा अनुबन्धित भएका हुन । उक्त समय सलमान कामको खोजीमा थिए । सलमान अडिसनबाट छानिएसंगै उनी एक पछि अर्को चलचित्रमा अनुबन्धित भए । अहिले सलमान संग काम गर्ने धेरै बलिउड कलाकारहरुको चाहाना हुने गर्दछ । बलिउडका मँहगो नायकको रुपमा पनि सलमान अग्रस्थानमा छन् ।